६ असोज, काठमाडौं । आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वेस्ट ह्यामसंग पराजित भएको छ । वेस्ट ह्यामले घरेलु मैदानमा युनाइटेडलाई २-० ले पराजित गरेको हो।
उसका लागि खेलको ४४ औं मिनेटमा यार्मोलेन्कोले पहिलो गोल गरे भने दोश्रो गोल खेलको ८४ औं मिनेटमा क्रिसवेलले गरे।
जितपछि वेस्ट ह्याम ११ अंकका साथ चौथो स्थानमा उक्लेको छ । ६ खेलमा ८ अंक मात्र जोड्न सकेको युनाइटेड तालिकाको सातौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्