६ असोज, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा विजयी भएको छ । पीएसजीले लियोनलाई उसकै घरेलु मैदानमा १–० ले पराजित गरेको हो ।
बराबरीतर्फ धकेलिएको खेलको अन्तिम समयमा नेयमारले गोल गर्दै पीएसजीलाई हारबाट जोगाएका थिए । खेलभर नै लियोनलाई दबाबमा राखेपनि गोलका लागि भने निक्कै संघर्ष गर्नुपरेको थियो ।
८७औं मिनेटमा पीएसजीका लागि नेयमारले गोल गरेका थिए । लियोन खेलमा फर्कन नसक्दा पीएसजी १–० ले विजयी भयो ।
अपराजित रहेको पीएसजीले ६ खेलबाट १५ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित लियोन भने ८ अंकसहित नवौं स्थानमाछ ।
प्रतिक्रिया दिनुहोस्