५ असोज, काठमाडौं । जारी यू-१८ साफ च्याम्पियनसिपमा फुटबल प्रतियोगितामा नेपाल भुटानविरुद्ध १ गोलले पछाडी परेको छ । हलचोकस्थित सशस्त्रको खेल मैदानमा पहिलो हाफ सकिँदा नेपाल भुटानविरुद्ध एक गोलले पछाडी परेको हो ।
३७ औं मिनेटमा भुटानका लागि येशि दोर्जीले गोल गरे । नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै येशिले दोस्रो पटक प्रहार गरेको बल गोलमा परिणत भएको हो ।
यस खेलमा नेपाल विजयी भए सेमिफाइनलमा प्रवेश गर्ने छ भने नेपाल र भुटानको खेल बराबरीमा सकिएको खण्डमा नेपालले अन्तिम खेलको नतिजा प्रतिक्षा गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्