५ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले वाटफोर्डमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सिटीले वाटफोर्डलाई ८–० को भारी अन्तरले पराजित गरेको हो ।
एकपक्षीय र गोलको वर्षा भएको खेलमा सिल्भाले ह्याट्रिक पुरा गर्दा कप्तान डेभिड सिल्भा, सर्जियो अगुइरो, रियाद महारेज, निकोलस ओटामेन्डी र केभिन डि ब्रुयनले समान १–१ गोल गरे ।
खेलको पहिलो मिनेटमा नै डेभिड सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए। त्यस्तै, खेलको सातौ मिनेटमा सर्जियो अगुइरो, १२औं मिनेटमा रियाद महरेज, १५औं मिनेटमा बेर्नार्डोे सिल्भा र १८ औं मिनेटमा निकोलस ओटामेन्दीले गोल गर्दै पहिलो हाफसम्म म्यान्चेस्टर सिटीलाई ५–० गोलको अग्रता दिलाएका थिए ।
सिटीले दोस्रो हाफको ४८ औं र ६० औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै ह्याट्रिक पूरा गरे । खेलको ८५ औं मिनेटमा केभिन डे ब्रुयनले गोल गरेपछि सिटी वाटफोर्डसंग ८–० गोलअन्तरले बिजयी भयो ।
६ खेलबाट १३ अंक बनाएको सिटी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेल्दा १५ अंक रहेको लिभरपुल शीर्ष स्थानमा छ ।