Logo

प्रिमियर लिगमा आज पाँच खेल हुँदैछ , म्यानचेस्टर सिटीले वाटफोर्डको सामना गर्दै



Spread the love

४ असोज, काठमाडौं । इंग्लीस प्रिमियर लिगमा आज पाँच खेल हुँदैछ। आज म्यानचेस्टर सिटी, टोटनह्याम र लेस्टर सिटीजस्ता बलिया टोली आपसमा भिड्ने छन् ।

खेल नेपाली समयअनुसार साँझ ५ : १५ बाट लेस्टर सिटीले टोटनह्यामको सामना गर्नेछ भने राति ७ :४५ मा बर्नलीसंग नरविचसिटीले प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, एभर्टन र सेफफिल्ड युटाइटेडबिचको खेल ७ : ४५ बाट सुरु हुनेछ भने सोहि समयमा म्यानचेस्टर सिटी र वाटफोर्ड आपसमा भिड्ने छन् । र राति १०:१५ मा न्यु क्याश्चल युनाइटेडले ब्राइटनको सामना गर्नेछ ।

पाँचौ चरणको खेल सम्पन्न भइसक्दासम्म अंकतालिकाको शीर्ष स्थानमा १५ अंक सहित लिभरपुल रहेको छ। समान १०\१० अंक भएको म्यानचेस्टर सिटी र बर्नमाउथ गोल अन्तरका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्