Logo

आईपिएलमा विराटको कप्तानी भूमिका सधै फितलो, कोहलीको कप्तानीमा फेरी सांसदको प्रश्न ?



Spread the love

४ असोज, काठमाडौं । फेरी सांसद गौतम गम्भिरले भारतीय कप्तान विराट कोहलीको आलोचना गरेका छन्। उनले विराटको कप्तानीमा प्रश्न खडा गर्दै आलोचना गरेका हुन्।

गौतमले अन्तराष्ट्रिय क्रिकेटमा विराटको कप्तानी राम्रो भएता पनि आईपिएलमा भने उनको कप्तानी किन हमेसा कमजोर हुन्छ? भन्ने प्रश्न उठाउँदै कोहलीको आलोचना गरेका छन् । अन्तराष्ट्रिय क्रिकेटमा कोहलीको कप्तानी रोहित शर्मा र महेन्द्र सिंह धोनीका कारण राम्रो भएको गम्भिरले दाबी गरेका छन् ।

गम्भिरले भन्छन्, ‘विराट कोहलीले विश्वकपमा राम्रो कप्तानी गरे। कारण टोलीमा रोहित शर्मा र एमएस धोनी जस्ता खेलाडी छन्। यिनै खेलाडीको सहयोगमा विराट कोहली राम्रो कप्तानी गर्न सकिरहेका छन्। त्यसैले कोहलीको कप्तानी अन्तराष्ट्रिय क्रिकेटमा राम्रो देखिन्छ’।

प्रतिक्रिया दिनुहोस्