Logo

‘सुप्रसिद्ध प्रवल जनसेवा’ द्वारा प्रधानमन्त्रीको उपचार गर्ने डाक्टर सम्मानित



Spread the love

३ असोज, काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न डाक्टरलाई सरकारले ‘सुप्रसिद्ध प्रवल जनसेवा’ मानपदवीबाट सम्मान गरेको छ । शुक्रबार संविधान दिवसका अवसरमा सरकारले नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरकी डाक्टर अनन्थरमन भाथसालालाई सुप्रसिद्ध प्रवल जनसेवा श्री पदकले सम्मान गरेको हो।

शुक्रबार सरकारले विभुषण पाउनेहरूको सूची सार्वजनिक गरेको छ। जसमा सबैभन्दा ठूलो महाउज्ज्वल राष्ट्रदीप पदक साहित्यकार स्वर्गीय मदनमणि दीक्षित र तत्कालीन पर्यटन उड्डयन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई दिइएको छ।

दुबै पटक सिंगापुर जाँदा ओलीको उपचारमा संलग्न अनन्तरमनलाई मानपदवी दिएको हो । साथै अन्य तीन जना भारतीय चिकित्सकलाई पनि सोही हैसियतको मानपदवी दिइएको छ।

यस्तै, सरकारले प्रधानमन्त्री ओलीका निजी चिकित्सक दिव्या सिंह शाहलाई पनि सोही मानपदवी दिएको छ। सोही मानपदवी स्वर्गीय पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्