Logo

युरोपा लिग फुटबलमा रोमाको प्रभावशाली जित



Spread the love

३ असोज, काठमाडौं । युरोपा लिग फुटबलमा इटालियन क्लब रोमाले सानदार जित हात पारेको छ । घरेलु मैदानमा रोमाले इस्तानुवुल बासकसेरमाथि ४–० को सानदार जित निकालेको हो ।

रोमाको जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे भने एक गोल उपहार पाएको थियो । खेलको ४२औं मिनेटमा काइकाराको आत्मघाती गोलबाट रोमाले १–० को अग्रता लियो । जेकोले ५८औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर गरेको थियो ।

निकोलोले ७१औं मिनेटमा गोल गर्दै रोमालाई फराकिलो जिततर्फ धकेलेको थियो । जस्टिनले अन्तिम मिनेटमा गोल गर्दै रोमालाई ४–० को फराकिलो जित दिलाए ।

जितसँगै रोमाले समूह ‘जे’ मा महत्वपुर्ण ३ अंक जोडेको छ भने इस्तानुवुल अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्