Logo

शीर्ष डिभिजनमा रोहितसम्मिलित पर्सिजाको लजास्पद हार



Spread the love

३ असोज, काठमाडौं । बिहीबार इन्डोनेसियाको शीर्ष डिभिजनमा नेपाल राष्ट्रिय फुटबल टोलीका खेलाडी रोहित चन्द सम्मलित पर्सिजा जकार्ता पराजित भएको छ । घरेलु मैदानमा पर्सिजाले बाली युनाइटेडसँग १–० ले पराजय व्यहोरेको हो।

७२ औं मिनेटमा बालीका लागि मेल्भिन पाल्ट्जेले गरेको गोल नै खेलको निर्णायक बन्यो । रोहितको टोली यो भन्दा अगाढीको खेलमा २–१ ले विजयी भएको थियो । बालीविरुद्ध पहिलो रोजाईमा परेका रोहित ७९ औं मिनेटमा परिवर्तन भएका थिए ।

साविक विजेता रहेको पर्सिजाले यो सिजन भने सोचे अनुरुपको प्रदर्शन गर्न सकेको छैन । १७ अंकका साथ टोली १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्