नेपाल सरकारका सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेत गृह जिल्ला सल्यानमा पुगेका छन् । मन्त्री भएपछि पहिलो पटक सल्यानमा पुगेका बस्नेतले विभिन्न कार्यक्रममा बोल्दै भाद्र २० गते भित्र सम्पूर्ण स्थानीय निकायहरुमा न्यूनतम कर्मचारी पठाउने प्रतिबद्धता गरेका छन् ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कर्मचारीहरुमा देखिएको समस्यालाई तत्काल समाधान गर्ने, मन्त्रालयले खटाएका कर्मचारीहरू तोकिएको कार्यक्षेत्रमा जान नमाने कारबाही गरिने बताएका हुन ।
कर्मचारी मिलन केन्द्र सल्यान र जिल्ला समन्वय समिति सल्यानको संयुक्त आयोजनामा गरिएको कर्मचारी भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले संघियताको बारेमा कर्मचारीलाई बुझ्न अलि गारो भएकोले समायोजन बारे केही अफ्ट्यारो भएको तर यसको निराकरण गर्न लागी परेको बताएका छन् ।
स्थानीय निकायहरुमा कर्मचारीको अभाव र भौतिक पूर्वाधारको अभाले जनताको काममा निकै अफ्ट्यारो भएको जनप्रतिनिधिहरुको गुनासोमा बस्नेतले न्यूनतम कर्मचारीहरू लाई तोकिएको मितिमा सबै स्थानीय निकायहरुमा पठाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् भने,जनताको कामलाई विचलित हुन नदिनको लागी कुर्सी नभए उभिएरै भए पनि सेवा दिन आग्रह गरेका छ्न ।
सल्यान उधोग वाणिज्य संघ सल्यान र सल्यान रुकुम यातायात व्यवसायी समिति सल्यानले समेत मन्त्री बस्नेतलाई स्वागत तथा सम्मान गरेको थियो ।