Logo

सिपिएलमा सन्दिप सम्मिलित बार्बाडोसले जमैकासँग प्रतिस्पर्धा गर्दै



Spread the love

२९ भदौ, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने सम्मिलित बार्बाडोस ट्राईडेन्टसले आज जमैका तलवाहको सामना गर्दैछ । तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको बारबेडोसले जमैकाविरुद्ध खेल्न लागेको हो । सविना पार्कमा खेल नेपाली समयअनुसार बेलुका १०ः४५ बाट सुरु हुनेछ ।

यसअघि बारबेडोसको जितमा उत्कृष्ट बलिङ गर्दै म्यान अफ द म्याच भएका सन्दीपले ३ विकेट हात पारेका थिए । सेन्ट किट्समाथि १८ रनको जित निकाल्ने क्रममा सानदार प्रदर्शन गरेका सन्दीपको टोलीमा पर्ने सम्भावना बलियो रहेको छ। बार्बाडोस २ अंक सहित चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्