Logo

इटालियन सिरी ‘ए’ मा साविकको विजेता युभेन्टस बराबरीमा रोकियो



Spread the love

२९ भदौ, काठमाडौं । साविकको विजेता युभेन्टस इटालियन सिरी ‘ए’ फुटबलमा बराबरीमा राकिएको छ । युभेन्टस घरेलु टोली फियोरेन्टिनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

निक्कै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिदा अंक बाड्न बाध्य भयो ।

युभेन्टसले बराबरीसँगै शीर्षस्थानको इन्टर मिलानसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । युभेन्टसको ३ खेलबाट ७ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्