Logo

प्रिन्सको विजयी शुरुआत



Spread the love

२७ भाद्र, काठमाडाैँ – नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन प्रिन्स दाहालले संयुक्त अरब इमिरेटस् (युएई)को दुबईमा शुरु भएको ‘दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिज’मा विजयी शुरुआत गरेका छन् ।

बिहीबार भएको ब्वाइज एकलमा प्रिन्सले युएईका खेलाडी भरुणकार्थिक बराथी मोहनलाई २–० सोझो सेटमा पराजित गरे । उनले उक्त खेल २१–८ र २१–१५ अङ्कले जिते । यसअघि मिक्स डबल्समा समेत प्रिन्स र सानिया चन्दको जोडीले युएईका नवहान नाजिव र कारोलिन कोल्कुहोउनको जोडीलाई २–० सेटले पराजित गरेको थियो । प्रिन्स र सानियाको जोडीले उक्त खेल २१–१४ र २१–१७ अङ्कले जितेको हो ।

प्रतिक्रिया दिनुहोस्