Logo

पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन: दिपेश र रत्नजित सेमिफाइनलमा



Spread the love

२७ भाद्र, सुनसरी – एपीएफका दिपेश धामी र नेपाली सेनाका रत्नजित तामाङ सुनसरीको इटहरीमा जारी योनेक्स सनराईज नवौँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

इटहरी रङ्गशालास्थित कभर्ड हलमा बिहीबार भएको क्वाटरफाइनलमा दिपेशले रुकेश महर्जनलाई २१–१६ र २१–१६ अङ्कले तथा रत्नजितले पुलिसका सुनिल जोशीलाई २१–१० र २१–१३ अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यस्तै सेनाका नवीन श्रेष्ठले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११ र २१–१५ अङ्कले हराउँदै सेमिफाइनलमा स्थान बनाए । यस्तै भोजपुरका विकास श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, १८–२१ र २१–११ अङ्कले हराउँदै अन्तिम चारमा स्थान बनाए ।

प्रतिक्रिया दिनुहोस्