Logo

नेपाली महिला राष्ट्रिय फुटबल टोली आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन



Spread the love

२६ भदौ, काठमाडौं । किर्गिस्तानमा जारी नादेझ्दा कपको फाइनलमा नेपाली महिला राष्ट्रिय फुटबल टोली पराजित हुँदै उपविजेता बनेको छ । नेपाल उपाधि भिडन्तमा उज्बेकिस्तानसँग ३-२ ले पराजित भयो ।

३९औं मिनेटमा काराचिक ल्युडमिलाले गोल गर्दै उज्वेकिस्तालाई अग्रता दिलाएकी थिइन्। यसअघि ५५औं मिनेटमा २ दोस्रो गोल खाएको नेपाली रक्षापं‌क्तिमा सम्हालिन नसक्दा त्यसकाे ९ मिनेट नबित्दै तेस्रो गोल खाएको थियो।

इन्ज्युरी समयको पहिलो मिनेटमा सावित्राले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । तर थप समयमा गोल हुन नसक्दा नेपाल उपविजेतामा सिमित भएको हो ।

नेपाल यो हारसँगै आठौं पटक फाइनलमा पुगेर उपाधिविहिन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्