Logo

आज ऋषि पञ्चमी: देशभरका हिन्दू धर्मावलम्बीहरुले सप्तर्षिको पूजा गरी मनाउँदै



Spread the love

१७ भदौ, काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज वैदिक सनातन हिन्दु धर्मावलम्बीहरुले सप्तर्षिको पूजा गरी मनाउँदैछन् । बिहानै उठेर स्नानादि नित्यकर्म सकेर ब्राह्मणलाई निमन्त्रणा दिई पुनः मध्याह्नको समयमा नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई १०८ वा ७ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो, पिना र खरानी आदि लगाई स्नान गर्ने गर्छन् ।

नेपालमा बिहानै नुहाउने र ३ सय ६५ वटा दत्तिवन टोक्ने चलन छ । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको अवस्थामा अरुन्धतीसहित सप्तर्षि पूजा गर्नाले त्यस पापबाट मुक्ति पाइने शास्त्रीय वचन ।

आज स्नानगरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । आज मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्छ ।

प्रतिक्रिया दिनुहोस्