सल्यानमा नेपालि सेनाले आफनो ९० औ बार्षिक उत्सबको अबसरमा बिहिवार सल्यानका बिभिन्न स्थान मा बृक्षारोपन तथा सरसफाई कार्यक्रमहरु सम्पन्न गरेको छ ।
श्री भगवति प्रसाद गुल्म सिमखर्कको आयोजना र जिल्ला बन कार्यालय सल्यानको सहयोगमा नेपाली सेनाले आफनो ब्यारेक भित्र १ सय वटा फलफुलका बिरुवा र हेप्रोन्डा सामुदायिक बन सिमखर्कमा बिभिन्न प्रजातिका करिव एक सय,पचास बोट बिरुवाहरु रोपेको जनाएको छ । त्यस्तै शारदा नगरपालिका ८ मा रहेको भोटेकालिका मन्दिर परिषरमा सरसफाई गरिएको भगवति प्रसाद गुल्म सिमखर्क ब्यारेकका गुल्मपति बिदुर अधिकारीले बताएका छन् । बार्षिक उत्सबको अबसरमा भगवति प्रसाद गुल्मको सदरमुकाम खलंगा से.मु .का उपसेनानी शंकर डंगोलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सल्यान नजिकै रहेका गणेश मन्दिर, कृष्ण मन्दिर र डाडागाउँमा रहको कालिका थान मन्दिर परिषरमा पनि सरसफाई गरिएको अधिकारीले बताएका हुन । अधिकारिले बिरुवा रोप्दा र सरसफाई गर्नाले मानिसको स्वास्थ्यलाई फाइदाजनक हुनुका साथै बनजङ्गल हराभरा हुने भएकाले सरसफाइ र बृक्षरोपन गरिएको बताए। गुल्मपती अधिकारिले यस्तो कार्यमा सबैलाई सक्रियताका साथ लाग्न समेत अनुरोध गरेका छन् ।
राप्ति साहित्य परिषद सल्यान शाखाकि अध्यक्ष बिष्णु शर्माको पहलमा महाकबि लक्ष्मीप्रशाद देबकोटाको शालिक रहेको स्थानमा वरिपरि पनि नेपाली सेनाले सरसफाई गरेको छ । २०४५सालमा स्थापना गरिएको प्रधानमन्त्रि मरिचमान सिहं श्रेष्ठ संरक्षक रहेको उक्त शालिको २०५८ साल देखि हाल सम्म नेपाली सेनाले सरसफाई गर्दैआईरहेको अध्यक्ष बिष्णु शर्माले बताइन् ।