Logo

साफ यू १५ च्याम्पियनसिपका लागि नेपाली टोली भारत प्रस्थान



Spread the love

२ भदौ, काठमाडौं । यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज भारत प्रस्थान गरेको छ । बुधबारदेखि भारतको कल्याणी रंगशालामा सुरु हुने प्रतियोगिता खेल्नको लागि इटहरीबाट आज त्यसतर्फ प्रस्थान गरेको हो ।

बुधबार नेपालले पहिलो खेलस्वरुप साविक विजेता भारतको सामना गर्नेछ । प्रतियोगितामा नेपाल र भारतसहित बंगलादेश, श्रीलंका र भुटान गरि पाँच राष्ट्रको सहभागिता रहनेछ ।

सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोगिताका शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। नेपाली टोली

गोलकिपरः ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी
डिफेन्डरः प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी,जान लिम्बु र रोसन थापा
मिडफिल्डरः जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई
फर्वाडः किसन अधिकारी यादव, कृष्ण सापकोटा, सगुन जिमी र शशांक बोहरा

प्रतिक्रिया दिनुहोस्