Logo

रोहितको टोली पुछारबाट दोस्रो स्थानमा



Spread the love

३२ साउन, काठमाडौं । नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित इन्डोनेसियन क्लब पर्सिजा बराबरीमा रोकिएको छ । शुक्रबार रोहितको टोलीले मादुरा युनाइटेडसँग २-२ को बराबरी रोकिएको थियो ।

१९ औं मिनेटमा साविक विजेता समेत रहेको पर्सिजाले एम सिमिकको गोलमार्फत अग्रता लिएको थियो । तर डी लालेले ४८ औं मिनेटमा मादुरका लागि बराबरी गोल फर्काए । ५० औं मिनेटमा एम सिमिकै गोलाबट पर्सिजाले अग्रता दोब्बर बनायो ।

७८ औं मिनेटमा ए फदिरले गोल फर्काउँदै खेललाई पुनः बराबरीमा पुर्याएका थिए । रोहितले पुरा समय खेलेको खेलमा पर्सिजाले अर्को गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु पर्यो ।

यो सिजन पर्सिजाले लगातार खराब प्रदर्शन गरिरहेको छ । जसका कारण टोली रेलिगेसन जोनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्