३२ साउन, काठमाडौं । शनिबार वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो ।
विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । उनले पाँच वर्षको उमेरमै सरस्वती सदनमा शास्त्रीय नृत्य गरेकी थिइन् ।
अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । उनले अभिनय गरेका चलचित्रमा चिनो, कन्यादान, भाउजु लगायत चर्चित छन् ।
उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्