Logo

रियलमा दुई वर्षपश्चात हामेसको पुनरागमन



Spread the love

१४ साउन, काठमाडौं । दुई वर्षपछि रियल म्याड्रिडको प्रशिक्षणमा मिडफिल्डर हामेस रोड्रिग्वेज फर्केका छन् । पछिल्लो दुई सिजन २८ वर्षे रोड्रिग्वेज लोनमा बायर्न म्युनिखमा रहेका थिए । जहाँ बायर्नले लगातार लिग उपाधि हात पारेको थियो ।

बायर्नले स्थायी रुपमा उनलाई राख्न सक्ने विकल्प प्रयोग नगरेसंगै रियल फर्केका छन् । रियल बाहिर उनी ७ सय ८७ दिन रहे । उनलाई लान नेपोलीका प्रशिक्षक कार्लो एन्सेलोटीले पटक पटक प्रयास गरेका थिए ।

प्रशिक्षक जिनेदिन जिदानले उनलाई पनि विकल्पका रुपमा हेर्न सकिने बताइएइको छ । मंगलबार गत सिजनको ला लिगाको उपविजेता रियलले औडी कपमा टोटेनह्याहसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्