Logo

बार्सिलोना छाडेर माल्कोम जेन्ट सेन्ट जाने तयारीमा



Spread the love

१३ साउन, काठमाडौं । फरवार्ड माल्कोम स्पेनिस क्लब बार्सिलोनाबाट रसियन फुटबल क्लब जेन्ट सेन्ट पिटर्सबर्ग जाने अन्तिम तयारीमा रहेका छन् । बार्सिलोनामा रहँदा सुरुवाती ११ मा पर्न मुस्किल भएपछि उनी क्लब छाड्ने तयारीमा लागेका हुन् ।

फ्रेन्च क्लब ब्रोडेअक्सबाट इटालियन क्लब रोमा जान ठिक्क परेका माल्कोमलाई एकाएक बार्सिलोनाले भित्याएको थियो । माल्कोमका लागि कम्तिमा ४० मिलियन युरोको प्रस्ताव बार्सिलोनाले गरिरहेको छ ।

गएको सिजन नै बार्सिलोनामा राम्ररी खेल देखाउन नसकेका माल्कोमका लागि यो सिजन एन्टोनियो ग्रिजम्यान आएसँगै खेल समयको समस्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्