Logo

‘मेस्सी सर्वकालिन उत्कृष्ट खेलाडी हुन् ’- अल्भारो



Spread the love

१३ साउन, काठमाडौं । इन्टर मिलानका पूर्व स्टार खेलाडी अल्भारो रेकोबाले अहिले फुटबलका दुई स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोमध्ये उत्कृष्ट भन्ने विषयमा आफ्नो धारणा बाहिर ल्याएका छन् । दुवै खेलाडी एक अर्काे टोलीबाट खेल्दा कुन खेलाडीको खेल हेर्ने भन्नेमा पनि उनले आफ्नो धारणा प्रकट गरेका हुन् ।

उरुग्वेका महान रेकोबालेले भने, ‘मेस्सी  बिगत १५ वर्षदेखि माथिल्लो स्तरमा खेलिरहेका छन् । मान्छेले उनी बार्सिलोनाबाट अन्य क्लबमा गएका छैनन् । तर अन्य खेलाडी त बार्सिलोनमा परिवर्तन भएका छन् । मेस्सी सर्वकालिन उत्कृष्ट हुन् ।’

अलग टोलीबाट एकै समयमा टिभिमा खेल हुर्नुपर्दा कसको हेर्न मन पर्छ भन्ने प्रश्नका जवाफमा रेकोबाले , ‘अहिले यदि दुवैले एकै समयमा खेलिरहेका छन् भने म मेस्सीको खेल हेर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्