Logo

तपाई शरीरको तौल बढाउन चाहनुहुन्छ भने घरमा साबुदानाको खीर र आलु खाने गर्नुहोस्



Spread the love

कोही व्यक्ति यस्ता हुन्छन् जति खाए पनि फुर्तिलो, बलियो, जाँगरिलो र मोटो हुँदैनन् । जति सुकै प्रोटिनयुक्त वा सन्तुलित खाना खाए पनि नमोटाउने , पातलो र खिरिला हुन्छन् । उनीहरु आफ्नो शरीरलाई लिएर निक्कै चिन्तित पनि हुने गर्छन् ।

दुब्लो भएकै कारण कतिपय मानिसहरु मोटाउने औषधी खान्छन् तर यस्ता औषधीहरुले स्वास्थ्यमा गम्भीर हाने पुग्ने गर्छ । चिकित्सकहरु पनि यस्ता औषधिहरु सेवन नगर्न सल्ला सुझाव दिन्छन् ।

हाम्रो शरीरको वजन बढाउन कार्बोहाइड्रेट र प्रोटिनले महत्वपूर्ण भूमिका खेल्दछ। प्रोटिन र कार्बोहाइड्रेटले भरिपूर्ण केही चिजहरुको खानाले साता दिनमै तपाईको शरीरको वजन बढ्नेछ ।

तपाई आफ्नो शरीरको तौल बढाउन चाहानुहुन्छ भने हरेक दिन घरमा साबुदानाको खीर र आलु खाने गर्नुहोस् । यसले शरीरमा उर्जा प्रदान गर्नुका साथै जस्तोसुकै पातलो मान्छे पनि बलिया हुन्छन् ।

त्यस्तै उसिनेको आलु खानाले पनि तपाईको तौल बढाउन मद्दत पुग्दछ । आलुमा भरपुर मात्रामा कार्बोहाइड्रेट हुन्छ जसले गर्दा पातलो व्यक्तिलाई पनि फुर्तिलो बनाई शरीरको तौल बढाउँछ।

प्रतिक्रिया दिनुहोस्