Logo

उपचारका क्रममा सुत्केरीको मृत्यु , आफन्तद्वारा सडक अवरुद्ध



Spread the love

१० साउन, नुवाकोट । नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा चिकित्सकको लापरवाहीका कारण सुत्केरीको ज्यान गएको भन्दै मृतकका आफन्तले गल्छी-त्रिशूली सडक अवरुद्ध गरेका छन् ।

वेलकोटगी नगरपालिकाको रातमाटे, महादेव फाँटलगायतका स्थानमा आक्रोशित मृतका आफन्त र स्थानीयवासीले सडक अवरुद्ध गरेको हो ।

बुधवार अस्पताल भर्ना भएकी नुवाकोटको तारकेश्वर गाउँपालिका–५ की ३५ वर्षीया गोमा ओस्तीको बिहीबार बिहान ६ बजे डेलिभरी भएको थियो । तर अत्यधिक रक्तश्राव र अर्धचेत हुँदा समेत चिकित्सकले ध्यान नदिँदा उनको मृत्यु भएको भन्दै उनका आफन्तहरुको विरोध गरेका हुन् ।

गोमाको अवस्था एकदमै नाजुक भए पछि जिल्ला अस्पतालमा उपचार सम्भव नहुँदा हेलिकप्टरमार्फत काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याउने बित्तिकै समयमा नै उपचार नपाएर मृत्यु भएको थियो भने नवजात शिशुको श्वास रोकिएको कारण काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ ।

उक्त सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्