
१० साउन, काठमाडौं । स्पेनिस महारथी रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई इंग्लिस क्लब आर्सनलले अनुबन्धन गरेको छ ।
रियलका लागि गत सिजन ड्यानीले २३ खेलबाट ३ गोल गरेका गरेका थिए । सेबालोसले अब राम्सीले छाडेर गएका ८ नम्बर जर्सी लगाउने छन् । उनलाई एक वर्षका लागि लोनमा आर्सनलले अनुबन्ध गरेको हो ।
सन् २०१७ मा रियलसँग २२ वर्षीय ड्यानीले ६ वर्षको अनुबन्धन गरेका थिए । रियलले उनलाई बेच्ने तयार नभए पनि लोनमा दिने इच्छा जाहेर गरेपछि आर्सनलले अगाडी बढेको हो ।
आर्सनलले बिहीबार नै डिफेन्डर विलियम सालिबालाई पनि क्लबमा भित्र्याएको छ ।
प्रतिक्रिया दिनुहोस्