१० साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न गृह मन्त्रालयले एप्स प्रयोग गर्ने भएको छ ।
एयरपोर्टबाट हुने आपराधिक क्रियाकलापलाई रोक्न गृह मन्त्रालय लगायत श्रम, अध्यागमन र एयरपोर्टको युनिट सङ्गठित भएर नेपाल पोर्ड नामक एप्स ल्याउन लागेको हो ।
त्रिभुवन एयरपोर्टमा पनि केही दिनभित्र एप्स सञ्चालनमा आउने र विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रुहरुको सम्पूर्ण विवरण एप्स मार्फत रजिस्टर हुने छ । नेपाल पोर्ड नामक एप्ससञ्चालनमा ल्याए पश्चात् एयरपोर्टबाट हुने अपराधी क्रियाकलाप शून्यमा झर्ने भन्दै गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्