आज मिति २०७६ साल साउन १० गते शुक्रबार । आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।
मेषः पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ। व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न।आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ। स्वास्थ्य कमजोर बन्नेछ।
वृषः आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। मुद्धामा जित हुनेछ। मध्यान्ह पछि समय कमजोर देखिन्छ। ऋण लगानी नगर्नु होला। काममा ढिला नगर्नु होला।
मिथुनः व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। इष्टमित्रबाट भने खासै सहयोग पाईने छैन।आम्दानीका मार्ग कमजोर देखिन्छ।संचित धनमा ह्रास आउन सक्छ। अरुको भर नपर्नु होला,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन्।
कर्कटः साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान र्पुरयाउने छ। लाभका काममा भन्दा मनोरञ्जन बढि हुनेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ।
सिंहः आफन्तमा झै–झगडा पर्न सक्छ। व्यय मार्ग बढि खुल्ला देखिन्छ। आशाहरु निरासामा परिणत हुनसक्छन्। जोखिम मोलेर कुनै काम नगर्नु होला।
कन्याः नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ। आफन्तको सहयोगमा कमी आउनेछ। व्यापार व्यवसायबाट आम्दानी घट्नेछ। कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ।
तुलाः ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला। व्यापार बढ्नेछ। दिन अनुकुल नै देखिन्छ। विचलित नभई काम गर्नु होला अवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ। अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला।
वृश्चिकः व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ। आफन्तको सहयोग मिल्नेछ। पूर्वाद्ध कमसल भए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ। गतिरोध हट्नेछ भने कामले विस्तारै गति लिनेछ। भाग्यले साथ दिनेछ।
धनुः प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ। शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ। लेनदेन कारोवारमा समस्या आउने देखिन्छ। व्यापार व्यवसायमा अवनति हुनेछ। संचित धनमा ह्रास आउनेछ।
मकर: व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन। विवादित काममा हात नहाल्नु होला। हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ। मानसिक तनाव बढ्न सक्छ।
कुम्भः परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ। मध्यान्ह पछि समय थोरै सहज हुने देखिन्छ। नयाँ कामको बारेमा विचार विमर्श हुनेछ।
मिनः भ्रम उत्पन्न हुनसक्छ त्यसलाई निराकरण गर्नु होला नत्र पछि अप्ठ्यारो पर्नेछ।समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन। लगानी मैत्री बातावरण देखिदैन।