१० साउन, काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको न्यायको लागि नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ ।
संघले शुक्रबार राजधानीको माइतीघर मण्डलामा निर्मलालाई न्याय भन्दै प्रदर्शन गरेको हो ।
संघका पूर्व केन्द्रीय सदस्य रघु कार्कीको संयोजनमा भएको प्रदर्शनमा ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ भन्दै प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।
निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्