Logo

तीन उपाधिका लागि रोनाल्डोको दाबेदारी उच्च



Spread the love

९ साउन, काठमाडौं । यसपटक पुन: क्रिस्टियानो रोनाल्डोले तीन वटा उपाधि जित्ने सम्भावना उच्च रहेको छ । बालोन डी ओर, फिफ दि बेस्ट र युइएफएको प्लेयर अफ दी एयरको अवार्ड जित्ने सम्भावना निक्कै बलियो भए मध्येका उनि एक हुन् ।

 उनले युभेन्ट्स र पोर्चुगलका लागि पछिल्लो सिजन निक्कै राम्रो प्रदर्शन गरेका छन् । उनि गत सिजन मात्र युभेन्ट्स पुगेका भएपनि टोलीलाई सिरि ए र सुपर कोपा इटालियाना जिताउनमा महत्वपूर्ण भूमिका निभाएका थिए । त्यस्तै, पोर्चुगललाई युइएफले नेसन्स कपको उपाधि जिताउन पनि उनको भूमिका निक्कै सराहनीय रह्यो ।

सिरिए खेलको पहिलो वर्षमा २८ गोल गर्नुका साथै १० एसिस्ट गरेका थिए । च्याम्पियन्स लिगमा सय खेल खेल्दै १ सय २६ गरेका छन् भने पोर्चुगलका लागि ३ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्