९ साउन, चितवन ।
उद्योग वाणिज्य संघ चितवनले धुर्मुस-सुन्तली फाउन्डेसनलाई ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बिहीवार उद्योग वाणिज्य संघ, चितवनद्वारा आयोजित एक कार्यक्रममा संघले उक्त रकमको चेक धुर्मुस-सुन्तली फाउन्डेसनका सिताराम कट्टेल ‘धुर्मुस’लाई हस्तारन्तरण गरेको हो ।
विभिन्न संघसंस्थाहरू तथा व्यक्तिहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गर्दै आईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्