Logo

पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध



Spread the love

८ साउन, चितवन ।

चितवन जिल्लाको दक्षिणी सिमानामा रहेको माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ ।

रातिदेखि नै परिरहेको अविरल वर्षाका कारण मगई, वगई, रतने, घाँगरलगायत खोलामा पानीको बहाव बढेको हो ।

खोला बढेर बस्तीमा पस्न सक्ने हुनाले त्यस क्षेत्रका जनतालाई सचेत गराइएको माडी इलाका प्रहरी कार्यालयले जानकारी दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्