८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण देशका केही आन्तरिक उडान प्रभावित भएका छन् ।
वर्षाका कारण पोखरा, विराटनगर, जनकपुर, सिमरा, लुक्ला, भरतपुर चन्द्रगढीसहित ७ विमानस्थल पूर्ण रुपमा बन्द भएको छ । भने नेपालगञ्ज, भैरहवा र धनगढी विमानस्थलमा उडान नियमित भइरहेको छ ।
साथै आन्तरिक उडानमा प्रभाव परेपनि अन्तर्राष्ट्रिय उडान भने नियमित रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्