Logo

प्रतियोगिता सम्पन्न भएको ५ महिनापश्चात साफ उपविजेता महिला टोली सम्मानित



Spread the love

६ साउन, काठमाडौं । पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामा चित्त बुजाएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरिएको छ । प्रतियोगिता सम्पन्न भएको ५ महिनापछि विराटनगर महानगरपालिकाले सम्मान गरेको हो ।

विराटनगरमा आज आयोजित कार्यक्रममा महानगर प्रमुख भीम पराजुलीले खेलाडीलाई सम्मान गरेका छन् । सम्मानित भएका खेलाडीले जनही ५०–५० हजार रुपैयाँ पुरस्कार पाए । यस्तै प्रदेश सरकारले पनि भोलि सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

महानगरले साफको फाइनलपश्चात उपविजेता टोलीलाई ५० हजार रुपैयाँले सम्मान गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्