Logo

छवि र शिल्पा विरूद्ध जेठी श्रीमतीद्वारा मुद्दा दायर (निवेदन सहित)



Spread the love

५ साउन, काठमाडाैँ – केही दिनयता चर्चामा रहेको नायिका शिल्पा पोख्रेल र निर्माता छविराज ओझाको विषयमा छविकी जेठी श्रीमतिको इन्ट्री भएको छ । शिल्पा पोख्रेलसँग डिभोर्सको मुद्दा चलिरहेका ओझामाथि जेठी पत्नी हेमा ओझाले मुद्दा दायर गर्दै इन्ट्री गरेकी हुन् ।

बहुविवाह भएको भन्दै हेमाले शिल्पा र छवि दुवैलाई तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न भन्दै प्रहरी वृत्त गौशलामा उजुरी दिएकी छिन् । केही साताअघि शिल्पाले आफूमाथि घरेलु हिंसा भयो, सुरक्षा चाहियो भन्दै छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । तर, अब उनै शिल्पा विरूद्ध पनि मुद्दा परेको छ ।

हेमाले छवि र शिल्पा विरुद्ध अधिवक्ता स्वागत नेपाललाई लिएर बहुविवाह अन्तर्गतको मुद्धा दायर गरेकी हुन् । पहिले यथेष्ट प्रमाण नपाएको र अहिले प्रमाण प्राप्त भएपछि मुद्दा दायर गरेको भनेर हेमाले दिएको निवेदनमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालदेखी हरेक तीर छवि र शिल्पाको सम्बन्धको चर्चा चलिरहँदा हेमाको आगमनले घटनामा अर्को मोड लिन सक्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्