५ साउन, काठमाडौँ । ललितपुरको सानेपामा एम्बुलेन्सको ठक्करबाट दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा रामेछाप जिल्ला उनाकुण्ड गाउँपालिका–२ घर भई हाल कलंकी बस्दै आएका अर्जुन बस्नेत र मकवानपुर घर भई हाल कलंकी बस्ने बाबुकाजी मगर रहेका छन् । तिर्थलाल ताजपुरिया स्मृति प्रतिष्ठानको बा १८ च ८१७२ नम्बरको एम्बुलेन्सले बा ८० प ८०४९ नम्बरको मोटरसाइकललाई ठक्कर हुँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते मध्य मोटरसाइकल चालक बस्नेतको अवस्था गम्भीर छ भने मोटरसाइकलमा सवार मगरको अवस्था भने सामान्य रहेको र उनीहरूको सानेपाकै स्टार अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग सानेपाका प्रहरी सहायक निरीक्षक मोहन जोशीले जानकारी दिएका छन् ।
प्रहरीले एम्बुलेन्स चालक मकवानपुर घर भई हाल बालकुमारी बस्ने २१ वर्षका युवराज बिकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्