५ साउन, काठमाडौँ । नयाँ गन्तव्यको रुपमा हिमालय एयरलायन्सले काठमाडौं–ढाका–काठमाडौं उडान गर्ने भएको छ ।
सोमबारदेखि हिमालयले छोटो दुरीको अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा बंगलादेशको राजधानी ढाकालाई छनौट गरेको हो ।
हिमालयले सोमबार, बुधबार र शनिबार यस क्षेत्रमा उडान भर्ने बताएको छ भने यसअघि एयरलायन्सले ढाका बाहेक, युएईको अबुधाबी, साउदी अरबको दम्माम, कतारको दोहा र मलेसियाको क्वाला लुम्पुरमा उडान भर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस्