Logo

भरतपुरमा आदिवासी जनजाती महासंघद्वारा बिरोध प्रदर्शन



Spread the love

३ साउन, चितवन ।  आज (शुक्रबार) भरतपुरमा लोकसेवा आयोगको विज्ञापनलाई समावेसी बनाउनुपर्ने माग राख्दै आएको आदिवासी जनजाती महासंघ चितवनले बिरोध प्रदर्शन गरेको छ ।

जिल्लाका आदिवासी जनजाति, दलित र मुस्लिम संघ संगठनहरुले विज्ञापन समावेशी गराउनु पर्ने, संविधान कार्यान्वयन गर्नुपर्ने लगायत विभिन्न माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाइएको हो ।

आन्दोलन कार्यक्रम अन्तर्गत संयुक्त संघर्ष समितिले भरतपुरको चौविसकोठीबाट विरोध र्‍याली निकाली जिल्ला प्रशासन कार्यालय सम्म आन्दोलनमा उत्रेका हुन् ।

प्रतिक्रिया दिनुहोस्