३ साउन, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित सिद्धार्थ राजमार्ग आसपास राखिएका बुद्धका मूर्ति तोडफोड गर्नेलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारसँग कारबाहीको माग गरेको छ ।
घटनाले स्तब्ध बनाएको भन्दै राप्रपाले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विश्वशान्तिका अग्रदूत गौतम बुद्धको मूर्ति तोडफोड लज्जास्पद, निन्दनीय र घृणित कार्य भएको भन्दै कानूनअनुसार कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।
अज्ञात समूहले उक्त गौतम बुद्धको मूर्ति बुधबार राति तोडफोड गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्