Logo

नेपालको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नेसम्बन्धी समझदारी



Spread the love

२ श्रावण, काठमाडाैँ – नेपालको सूचना प्रविधि (आइटी) क्षेत्र तथा उद्योग कलकारखानाले माग गर्ने आइटीसँग सम्बन्धित दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले जोरपाटीस्थित नामी कलेज र इन्फोडेभलपर प्रालिबीच बुधबार समझदारी भएको छ ।

सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सो समझदारीसँगै नेपाली युवा विद्यार्थीले पछिल्ला समय सूचना प्रविधिका क्षेत्रमा देखिएका र भविष्यमा हुनसक्ने परिवर्तनका विषयमा ज्ञान हासिल गर्नेछन् । उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीले पनि भविष्यमा कुन क्षेत्र रोज्दा आफ्नो रोजगारी सुनिश्चित हुनेछ भन्ने पनि सम्बन्धित विषयको अध्ययनकै क्रममा जानकारी प्राप्त गर्नेछन् ।

सम्झौतासँगै विद्यार्थीले सूचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भइरहेका नवीनतम् आविष्कारसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउने कलेजका व्यवस्थापक अमरदीप मण्डलले जानकारी दिए । सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय भइरहेको तीव्र परिवर्तनका कारण नेपालमा उत्पादित जनशक्तिले बजारको आवश्यकता पूरा गर्न सकेका छैनन् ।

सो कलेजले बेलायतको नर्थह्याम्पटन विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न विषय अध्ययन गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्