Logo

राष्ट्रियसभाका अध्यक्षद्वारा समवेदना व्यक्त



Spread the love

३१ असार, काठमाडाैँ – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पत्नी शोकमा रहेका प्रदेश नं– ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामालाई घरमै पुगेर समवेदना दिएका छन् ।

मन्त्री लामाका श्रीमती कान्छीमाया लामाको यही असार २१ गते हेटौँडामा निधन भएको थियो । उनले मृत्तात्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्र । उनले कान्छीमाया लामाको अल्पायुमै निधनको खबरले मर्माहत र स्तब्ध तुल्याएको बताए ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पनि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले मन्त्री लामाका परिवारलाई हस्तान्तरण गरे । प्रधानन्मत्रीको शोक वक्तव्यमा भनिएको छ, “मृतकप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्