काठमाडौं – विभागीय टिम नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटोमा सोमबार भएको क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।
एन्फा कम्प्लेक्समा रोमान्चक बनेको खेलमा पुलिसलाई जित दिलाउन मन्जिल राईले निर्णायक गोल गरे । उनले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।
पुलिस सेमिफाइनल प्रवेश गरेसँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पुरा भएको छ । अब पुलिसले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्