Logo

हजार महिलालाई सीपमूलक तालीम



Spread the love

२८ असार, भक्तपूर – चाँगुनारायण नगरपालिकाले नगरक्षेत्रका महिलाको हातमा सीप पुर्याउने उद्देश्यले एक हजार महिलालाई विभिन्न सीपमूलक तालीम प्रदान गरेको छ ।

नगरपालिकाको महिला तथा दलित लक्षित कार्यक्रम अन्तर्गत नगर र वडास्तरीय गरी दुई चरणमा महिलालाई सीपमूलक तालीम प्रदान गरेको नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले जानकारी दिइन् ।

नगरपालिकाले ६४ लाई ४५ दिने मन्टेश्वरी तालीम, १०६ लाई एकमहीने मोटर तथा स्कुटर तालीम र १०३ जनालाई तीनमहीने ब्यूटीसियन तालीम दिएको उनले बताइन् ।

त्यसैगरी नगरपालिकाले नौ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि रु ८०÷८० हजार विनियोजन गरी थप तालीम दिएको छ ।

वडास्तरबाट ३५० र दलित लक्षित कार्यक्रममा ३७५ लाई कुशनको सामग्री बनाउने, काष्ठकलाका सामान बनाउने तालीम, झोल साबुन बनाउने र ब्यूटीसियन तालीम प्रदान गरिएको छ ।

तालीमप्राप्त महिलालाई आज नगरप्रमुख सोमप्रसाद मिश्रले तालीमको समापन गर्दै प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्