Logo

पिएसजीद्वारा नेयमारलाई जरिवाना



Spread the love

२७ असार, काठमाडौं । सुपर स्टार नेयमारलाई पेरिस सेन्ट जर्मेनले जरिवाना गर्ने भएको छ । क्लबको अभ्यास सुरु हुँदा सामेल नभएका भन्दै उनलाई पिएसजीले ३ लाख ४० हजार पाउन्ड जरिवाना गर्ने बताइएको छ ।

कारवाही स्वरुप जुलाईका लागि पाउने बोनस रकम कटाइन लागिएको हो । राम्रो व्यवहार भएमा खेलाडीले बोनस पाउने र त्यस्तो हुन नसके जरिवाना रकम च्यारिटीमा जाने क्लबको नियम रहेको छ ।

यद्दपी त्यो जरिवानाले नेयमारको वार्षिक कमाईमा भने खासै फरक पर्नेछन् । बार्सिलोनाबाट पिएसजी पुगेका नेयमार क्लब छाड्न चाहिरहेको हल्लाका बीच उनलाई जरिवाना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्