२७ असार, काठमाडौं । एकदिवसिय विश्वकप क्रिकेटमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले नयाँ रेकर्ड बनाएका छन् ।
सेमिफाइनल खेलमा इंग्ल्यान्डविरुद्द १८ औं ओभरको दोस्रो बलमा जोनी बेयरस्टोलाई ३४ रनमा एलबीडब्लूबाट आउट गराउदै स्टार्क एकै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । जारी विश्वकपमा स्टार्कले १० खेलबाट २७ विकेट हात पारे ।
यसअघि सन् २००७ को विश्वकपमा अष्ट्रेलियाकै ग्लेन मक्ग्राथले २६ विकेट लिदै एकै विश्वकपमा एकै बलरले लिएको सर्वाधिक विकेट रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्