२७ असार, काभ्रे ।
काभ्रेको बनेपा नगरपालिका-३ नालामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
लगातारको वर्षापछि आएको पहिरोले रामप्रसाद दङगालको घर पुरिँदा श्रीमती गोमा र नातिनी सोहनीको मृत्यु भएको हो ।
घटनामा परि घाइते बुहारी सुशीला र अर्की नातिनी अनुस्कालाई उद्धार गरी दुवैको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
।
प्रतिक्रिया दिनुहोस्