२४ असार, काठमाडौँ । नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतबाट आयातित विषाक्त तरकारी तथा फलफूल उपहार पठाएको छ ।
भारतबाट निर्यात हुने तरकारी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध घोषणा गरिएको चरणवद्ध आन्दोलनअन्तर्गत नेविसंघले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत आज प्रधानमन्त्री ओलीलाई उपहार स्वरुप विषाक्त तरकारी तथा फलफूल पठाएको हो ।
गत आइतबार नेविसंघले मंगलबार प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाउने घोषणा गरिएको थियो । भने असार २६ गते मसाल जुलुस र असार २७ गते माईती घरमा बृहत प्रदर्शन तथा सभाको आयोजना गर्ने भएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्