Logo

खर्बपती चौधरीलाई केन्द्रीय सदस्य बनाउन दबाब



Spread the love

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक हिजोबाट आरम्भ भएको छ । उक्त बैठकमा विभिन्न १४ वटा एजेन्डा प्रस्तुत भएका छन् ।

सो एजेण्डामा यही असार २७ गतेबाट दफाबार छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जनाए । पार्टीभित्र अहिले सांसद तथा नेपालका एकमात्र खर्बपती विनोद चौधरीलाई केन्द्रीय सदस्य बनाउनु पर्नेबारे प्रभावशाली नेताहरूले आवाज उठाएका छन् ।

चौधरीलाई पार्टीभित्र प्रवेश गराए काँग्रेस अझै सशक्त र बलियो हुने नेताहरूको बुझाई छ । खर्बपती चौधरी पार्टीभित्र सबैको साझा नेताको रूपमा परिचित छन् ।

उनी महामन्त्री डा. शशांक कोइरालाको मात्रै नभएर सभापति शेरबहादुर देउवाको पनि पहिलो रोजाइमा परेका छन् । अर्थतन्त्रको ज्ञातासमेत रहेका चौधरीको काँग्रेस प्रवेशलाई भावी अर्थमन्त्रीको रूपमा समेत चित्रण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्