Logo

यूएईका राजा समक्ष नेपाली राजदूत ढकालले बुझाए ओहोदाको प्रमाणपत्र



Spread the love

२३ असार, काठमाडौँ l संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नवनियुक्त नेपाली राजदूत कृष्णप्रसाद ढकालले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

राजदूत ढकालले यूएईको राष्ट्रपति प्यालेस अवुधाबीमा आयोजित एक कार्यक्रमका बिच त्यहाँका उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसमेतको जिम्मेवारी सम्हाल्दै आएका मोहम्मद विन रसिद अल म्याकटुमलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत माघ २९ गते संविधानको धारा २८२ अनुसार यूएईका लागि नेपालको आवासीय राजदूत पदमा ढकाललाई नियुक्त गरेकी थिइन् ।

राजदूत ढकालले ओहोदाको प्रमाणपत्र बुझाउँदै राष्ट्रपति भण्डारीले पठाएको शुभकामना सन्देशबारे जानकारी गराएका थिए । उपराष्ट्रपति तथा प्रधानमन्त्री शिख मोहम्मद विन रसिद अल म्याकटुमले ढकालले बुझाएको ओहोदाको प्रमाणपत्र बुझ्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्