Logo

माछापुच्छ्रे बैङ्क लिमिटेडलाई ३ अर्वको ऋणपत्र जारी गर्न आइसिआरएएन–आइआर–ए–माइनस रेटिङ्ग



Spread the love

२३ असार, काठमाडौँ l माछापुछ्रे बैङ्क लिमिटेडले आईसीआरएएन–आइआर–ए–माइनस रेटिङ प्राप्त गरेको छ । आइसिआर नेपालले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैङ्क लिमिटेड लगानीका लागि जोखिममुक्त बैङ्क रहेको जनाउदँछ ।

आईसीआर नेपालले नेपालका वित्तीय सङ्घ–संस्थाहरूमा क्रेडिट रेटिङ सम्बन्धमा समयसमयमा विभिन्न अध्ययन अनुसन्धानहरू गर्दै आएको बताएको छ ।

माछापुछ्रे बैङ्क लिमिटेडले रेटिङ प्राप्त गरे पश्चात् ३ अर्व ऋणपत्र जारी गर्नका लागि बाटो खुलेको भन्दै साउनको पहिलो साताबाट रु. ३ अर्व बराबरको ऋणपत्र बजारमा ल्याउँदै पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्